देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित

देशान्तर

मोरङ – लगातारको वर्षाका कारण विराटनगर विमानस्थलमा बाढी पसेर जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो ।

विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वेमा पानी जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बुधबार बिहानबाट विमानस्थलमा बाढीको पानी पसेको हो । बाढीको पानी निरन्तर पसे हवाई उडान प्रभावित हुने उनले बताएका छन् । २०७४ सालमा आएको बाढी पस्दा विमानस्थल एक साताभन्दा बढी समय बन्द भएको थियो । नेपाली सेनाले हिलो पन्छाएपछि सेवा सुरु भएको थियो ।