देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढी पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष बस्नेतको निर्देशन

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसको युवा सङ्गठन नेपाल तरुण दलले उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष जीतजंग बस्नेतले बाढी र पहिरो प्रभावितको राहत र उद्धार मा जुट्न मातहतका कार्यसमितिलाई निर्देशन दिएका हुन् । बुधबार बिहान परिपत्र जारी गर्दै अध्यक्ष बस्नेतले यस्तो निर्देशन दिएका हुन् ।

‘जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दल जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा इकाई समिति एवं स्थानीय तहका सम्पूर्ण तरुण साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ,’ जारी परिपत्रमा भनिएको छ ।

खोला, नदी, नालाहरूमा पानीको बहाव बढ्ने र बाढी र पहिरोबाट आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद् जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरूलाई पनि सचेत गराउन उनको निर्देशन छ । साथै यस विपद्का बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक सङ्घ संस्थाहरू एवं मातृ पार्टी र अन्य भातृसंगठनसँग पनि आवश्यक समन्वय सहकार्य गर्न तरुण दलको निर्देशन छ ।