देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्दियामा बाढीपीडितलाई राहत सामाग्री

देशान्तर

बर्दिया – बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको बाढीपीडित परिवारलाई बर्दिया अक्सिजन बैंकले पहिलो चरणको राहत सामग्री वितरण गरेको छ ।

बाढीबाट विस्थापित परिवारको लागि पहिलो चरणको राहत सामग्री राजापुर नगरपालिकामार्फत २६ थान त्रिपाल, ५० कार्टुन पानी, ५० किलो दालमोट, एक क्विन्टल चिउरा र २० कार्टुन चाउचाउ वितरण गरिएको बर्दिया अक्सिजन बैंकका संयोजक भरत पौडेलले जानकारी दिए । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढीका कारण एक हजार बढी घर डुवानमा परेका छन् ।