देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोले इलाममा दुईजनाको मृत्यु‚ पाँच बेपत्ता

देशान्तर

इलाम – पहिरोमा घर पुर्दा इलाममा दुईजनाको मृत्यु‚ पाँचजना बेपत्ता भएका छन्। यस्तै‚ पाँचजना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार राति फाकफोकथुम गाउँपालिका-१ ठिङ्गेपुरका नगबहादुर सेर्माको घर पहिरोले पुरिँदा घरभित्र रहेका चारजनामध्ये दुईजनाको मृत्यु भएको छ।

पहिरो गएको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी र स्थानीयले दुईजनाको उद्धार गरेको छ। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

मंगलबार राति नै फाकफोकथुम-३ मेलकोटेमा नेत्रबहादुर मोटेको घर पहिरोले पुरिंदा घरभित्र रहेका चारजनामध्ये तीनजनाको सकुसल उद्धार गरिएको छ। पहिरोमा परी नेत्रबहादुरकी श्रीमती ४९ वर्षीया नारायणीदेवी बेपत्ता भएकी छन्।

यसै गरी मंगलबार राति नै फाकफोकथुम-३ सल्लेरीका नैनसिंह कटुवालको घर पहिरोले पुरिंदा घरभित्र सुति रहेका चारजना बेपत्ता भएका छन्। बेपत्ताहरुको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गरिरहेको छ।