देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वमा विद्युत् सेवा अवरुद्ध

देशान्तर

इटहरी – नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रिडमा बाढी पसेपछि प्रदेश १ का धेरैजसो जिल्लाको विद्युत सेवा प्रभावित भएको छ। पानी निरन्तर परिरहेकाले तत्काल विद्युत प्रशारण नियमित नहुने ग्रीडले जानकारी दिएको छ ।

सवस्टेशनको कन्ट्रोल बोर्डमा नै पानी छिरेपछि मंगलबार साँझबाट विद्युत् अवरुद्ध भएको थियो । पानी नघटेसम्म विद्युत आपूर्ति हुन नसक्ने जानकारी ग्रीडले दिएको छ । ग्रीडबाट सुनसरी, मोरङ, झापादेखि भोजपुरसम्म विद्युत वितरण हुँदै आएको छ । २०७४ सालमा पनि बाढीका कारण ग्रिड बन्द हुँदा ४ दिन पछि सञ्चालनमा आएको थियो ।