काठमाडौं – आज (शुक्रबार) पनि देशका विभिन्न भू-भागमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश- र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।





प्रतिक्रिया