देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

देशान्तर

काठमाडौं – नेपालमा कातिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।

फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो ।

मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइनेछ ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।

यसैबीच, अमेरिकी खोप उत्पादक कम्पनी फाइजर बायोएनेटकले फाइजर खोपको बुस्टर डोज ९तेस्रो मात्रा० लगाउँदा कोभिड–१९ संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशत रहेको जनाएको छ । कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै १६ वर्षमाथिका १० हजारमा गरिएको परीक्षणको नतिजाबाट यो तथ्य आएको बताएको छ ।

कम्पनीका अनुसार दोस्रो डोज लगाउँदा ८४ प्रतिशत र बुस्टर डोज डोज लगाउँदा ९५.६ प्रतिशत सुरक्षित हुने परीक्षणले देखाएको छ ।