देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यार्सा बेच्न चीनतर्फ दुई नाका खोल्न सुझाव

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैँकले यार्सागुम्बाको कारोबारका लागि तीनतर्फका दुई नाका खोल्न सझाव दिएको छ। नेपालमा संकलित यार्सागुम्बाको ठूलो हिस्सा तिब्बततर्फ अनौपचारिक बनाउन डोल्पाको तिन्जे र सालडाङ नाकालाई बैधानिकता प्रदान गर्नुपर्ने सुझाव दिइएको हो।

यार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावको विषयमा राष्ट्र बैँकले गरेको अनुसन्धानको सुझावमा यस्तो उल्लखे गरिएको छ।

तिब्बततर्फ हुने यार्सागुम्बाको चोरी निकासीलाई निरुत्साहित गर्न सम्भव भएसम्म उत्तरतर्फका रणनीतिक ठाउँहरुमा विशेष गरी यार्सागुम्बा संकलन हुने मौसममा अस्थायी सुरक्षा चौकी स्थापना गर्नु उचित हुने पनि अध्ययनको निष्कर्ष छ। आर्थिक वर्ष २०७०/७१ म ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा संकलन गरिएको थियो। राजधानी दैनिकमा समाचार छ।

]]>