देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढी–पहिरोबाट ज्यान गुमाउनेको संख्या १११ पुग्यो, ४४ वेपत्ता

देशान्तर

काठमाडौं – वर्षासँगै आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । विभिन्न जिल्लामा बाढी–पहिरो जाँदा अहिलेसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता बसन्त कुँवरले अहिलेसम्म १११ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । ‘४४ जना वेपत्ता छन् । ३७ जना घाइते भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको टोलीले खोजी कार्य जारी राखेको छ’, प्रवक्ता कुँवरले भने । सोमबारदेखिको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेका छन् ।