काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै‚ उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपात हुने जनाएको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै‚ उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





प्रतिक्रिया