देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिभिल सहकारी : बिरामी पर्दासमेत आफूले जम्म गरेको पैसा पाएनन्, उपचार खर्च अभावमा आठ निक्षेपकर्ताको ज्यान गयो

देशान्तर

 मनग्य ब्याज दिने भनेपछि नेपाली सेनाका अवकाशप्राप्त प्राविधिक उपरथी डा.गौतमरत्न शाक्यले आफूसँग भएको एक करोड लगेर सिभिल सहकारीमा जम्मा गरे ।

दुःख बिरामी पर्दा ब्याजकै रकमले उपचार खर्च जुटाउन सकिने अपेक्षामा थिए । तर, बिरामीले थलिएर उपचार गर्न नसक्दा पनि सहकारीले पैसा नदिएपछि केही समयअघि उनले ज्यान नै गुमाउनुपर्यो ।

गौतमरत्नकी श्रमती मोहनहिरा शाक्यले भनिन् ‘उहाँले (गौतमरत्न) अचानक बेहोस हुनुभयो ।

हतार हतार मेडिसिटी अस्पताल पुर्यायौं मस्तिष्कमा रगत जमेको रहेछ । एक महिना उपचार गर्दा ३२ लाखको बिल उठ्यो । तिर्ने पैसा थिएन ।

जम्म गरेको रकम झिक्न सिभिल सहकारी गयौँ । तर, एक रुपैयाँ पनि दिएन ।’ उनका अनुसार गौतमरत्नलाई मेडिसिटीमा खर्च धान्न नसकेपछि सैनिक अस्पताल छाउनीमा लगियो ।

चिकित्सकहरुले दिल्ली लैजान सुझाव दिएका थिए । तर, आर्थिक अभावमा परिवारले दिल्ली लैजान सकेन । नयाँ पत्रिकामा खबर छ ।