देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभिडविरुद्धको १ लाख ६२० डोज फाइजर खोप कात्तिक २८ देखि लगाइने

देशान्तर

काठमाडौं – कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट आएको कोभिडविरुद्धको १ लाख ६२० डोज फाइजर खोप २८ कात्तिक देखि लगाइने भएको छ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार २८ गतेदेखि मंसिर ३ गतेसम्म यो खोपको पहिलो डोज लगाइने बताए। फाइजर खोप पहिलो डोज लगाएको ३ देखि ४ हप्ताको बीचमा दोस्रो डोज लगाउनुपर्ने समेत उनले बताए ।

विहान ९ बजे कतार एयरको नियमित उडानबाट ल्याइएको खोप हाल त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट रिसिभ गरी टेकु तर्फ लगिसकेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

खोपलाई टेकुस्थित आपूर्ति शाखाको गोदाममा लगेर राखिने उनले बताए । माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने यो खोपका लागि आपूर्ति शाखामा ४ वटा फ्रिजमा भन्डारण गरेर राखिएको आपूर्ती शाखाले जनाएको छ।