देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अफगानिस्तान उद्धार मिसन पुरा : ३० नेपाली काठमाडौं आइपुगे

देशान्तर

काठमाडौं । अन्ततः अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने कार्य सकिएको छ । राजधानी काबुलमा तीन महीनादेखि उद्दारको पर्खाइमा रहेका नेपालीहरु आज बिहान काठमाडौं आइपुगेका छन् ।

उनीहरु काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबईमा पुगेका थिए ।

नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए ।

तालिबानले काबुलको सत्ता नियन्त्रणमा लिएपछि नेपाल लगायतका मुलुकले आफ्ना नागरिकलाई उद्दार थालेका थिए । उद्दारको यो खर्च नेपाल सरकार आफैले व्योहोर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

करिब एक हजार नेपालीको उद्दार यसअघि नै भैसकेको छ । ३४ जना नेपाली भने काबुल विमानस्थल पुगेर पनि स्वदेश फर्किन पाएका थिएनन् । भिसाको अवधि सकिएको भन्दै उनीहरुलाई एयरपोर्टबाट फिर्ता गरिएको थियो । सरकारले उनीहरुको विलम्व शुल्क र टिकट शुल्क पनि तिरेको छ ।