देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अफगानिस्तानमा फसेका सबै नेपालीको उद्दार : परराष्ट्र मन्त्रालय

देशान्तर

काठमाडौं – परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट हालसम्म ९ सय ४० जना नेपालीहरुको उद्दार गरेको जनाएको छ। शनिबार फर्किएका ३२ जनासहित अफगानिस्तानबाट ९ सय ४० जना नेपालीलाई उद्दार गरिएको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

शनिबार बिहान उद्दार गरिएका ३२ जना नेपालीहरु अवैध ढंगले विभिन्न समयमा अफगानिस्तान पुगेका थिए। अफगानिस्तानमा अव राष्ट्रसंघमा कार्यरतबाहेक अन्य नेपाली नागरिकहरु नभएकोसमेत परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक काममा संलग्न थोरै संख्याका नेपाली मात्र अफगनिस्तानमा रहेका छन्। राष्ट्रसंघ कार्यालयले आफ्ना नेपाली कर्मचारी माथि कुनै सुरक्षामा जोखिम भए तुरुन्त नेपाल फिर्ता पठाउने बचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गरेपछि त्यहाँका विदेशी नागरिकहरु माथि सुरक्षा जोखिम बढेको थियो। त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढे लगत्तै परराष्ट्र मन्त्रालयले उद्दार कार्य सुरु गरेको थियो। अमेरिकी सेनाले आफगानिस्तान छाडे लगत्तै त्यहाँ तालेबानीहरुले सत्ता कब्जा गरेका थिए। अहिले अफगानिस्तानमा राजनीतिक र मानवीय संकट तीब्र गतिमा चुलिएको छ।