देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घरायसी विवादमा महिलामाथी कुटपिट

देशान्तर

जनकपुर – महोत्तरीमा घरायसी विवादमा एक महिलामाथि जेठाजुले निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएकी छन्।

महोत्तरीको सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई उनका जेठाजु ४० वर्षीय जोगेन्द्र यादवले निर्घात कुटपिट गरेका हुन्।

स्थानीयका अनुसार जोगेन्द्रले घरायसी विवादमा शनिबार राति निर्घात कुटपिट गर्दा सीमा गम्भीर घाइते भएकी हुन्।

उनलाई उपचारको लागि जनकपुरस्थित बौधीमाई हस्पिटलमा भर्ना गरिएको छ। कुटपिटपछि जेठाजु फरार भएको र उनको खोजीकार्य गरिहेको प्रहरीले जनाएको छ।

सीमाकी श्रीमान् मनोज यादव करिब २ वर्षदेखि वैदेशिक रोजगारमा रहेका छन्।