देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिबाट बज्रयानी महाविहारको उद्दघाटन

देशान्तर

बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी पुगेकी छन्। आइतबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेकी राष्ट्रपति भण्डारीले नवनिर्माण बज्रयानी महाविहारको उद्दघाटन गरेकी हुन्।

उद्घाटनपछि राष्ट्रपति भण्डारी अन्य कार्यक्रममा सहभागी हुन लुम्बिनी क्षेत्रको भ्रमणमा हुनेछिन्। त्यहाँको भ्रमण सकेपछि राष्ट्रपति भण्डारी आजै भैरहवा जाने कार्यकम छ।

लुम्बिनीमा प्राचीन कलासहितको नेपाली विहार निर्माण गरिएको छ। नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण गरिएको हो।

करिब १६ करोड खर्च भएको विहार एक बिगाह क्षेत्रफलमा निर्माण गरिएको हो। लुम्बिनीमा स्वदेशी लगानीमै बज्रयानी विहार निर्माण भएको यो पहिलो पटक हो। प्राचीन संस्कृति झल्किने काष्टकला प्रयोग गरिएकाले यो विहार निकै आकर्षक छ।