सुर्खेत – प्रहरीले ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि।सी, सोही नगरपालिका(२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाय र २३ वर्षीय बखत बि।क। रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित चार हजार ४८० रुपैयाँ नगद समेत बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया