देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माल्दिभ्सले उपलब्ध गराएको एस्ट्राजेनेका खोप आज नेपाल आईपुग्ने

देशान्तर

काठमाडौँ –माल्दिभ्स सरकारले नेपाललाई उपहार स्वरूप उपलब्ध गराउने घोषणा गरेको २ लाख १ हजार ६० डोज एस्ट्राजेनेका खोप आज बेलुकी ८ बजे काठमाडौं आइपुग्ने भएको छ।

यसअघि दिउँसो एक बजे आउने बताइए पनि खोप आउने समय तालिका बेलुकी आठ बजे पुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। कतार एयरको नियमित उडानबाट बेलुकी आइपुग्न लागेको हो।

उनले माल्दिभ्सले यो खोप उपहार स्वरूप पठाउन लागेको स्पष्ट पारे। यसअघि सार्क सदस्य भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप नेपालले उपहारस्वरूप प्राप्त गरेको छ ।