काठमाडौं । आइतबार रुपन्देहीको एक कार्यक्रममा सहभागी बनेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्याउ फार्म अवलोकन गर्न मनाङ जाँदैछिन् ।
राष्ट्रपति भण्डारी भार्ताङ मनाङ डिस्याङ गाउँपालिका १ मा संचालित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् । नेपालकै ठूलो स्याउ फार्म मानिने उक्त फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो ।
राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
त्यसका अलवा राष्ट्रपतिले बाढी पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।





प्रतिक्रिया