देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम : एक–दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना

देशान्तर

काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।