देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीता एयरको जहाज बँदेलसंग ठोक्कियो

देशान्तर

काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठोक्किएपछि प्वाल परेको छ । नाइट एचएएचएबी कलसाइन रहेको विमानमा १४ जना यात्रु र चालकदलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको बताइएको छ ।

अहिले नेपालगन्ज विमानस्थल बन्द भएको छ । धावनमार्गमा दुर्घटनाग्रस्त विमानलाई क्रेनको सहायताले पार्किङसम्म लाने काम भइरहेको छ ।