देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

देशान्तर

तनहुँ । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् ।

स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार छन् ।

त्यस्तै, शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराई समेत पक्राउ परेका छन् ।रासस