देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीन सरकारद्वारा थप १६ लाख डोज कोरोना खोप सहयोग

देशान्तर

काठमाडौँ – चीन सरकारले नेपाललाई १६ लाख डोज कोरोना खोप सहयोग गरेको छ । चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल सहयोग गरेको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्नेसमेत जनाएकी छिन् । उक्त खोप डिसेम्बर ५ मा आइपुग्ने उनले बताएकी छिन् ।

चीनले हालसम्म ३४ लाख डोज खोप अनुदान दिएको छ । त्यस्तै नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य सचिव डा। रोशन पोखरेलले जानकारी गराए ।