देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ५७७ पीसीआर र ३ हजार ३३६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८२८ जना पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार १२३ सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४३९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ।

उक्त अवधिमा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ। हाल १२१ जना क्वारेन्टाइनमा छन्। २२३ जना आइसीयू र ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।