काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा चाडपर्व र परम्पराहरूले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको बताइन् ।
नेपाल संवत् ११४२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने नेपालको मौलिक संवत् भएको बताइन् । लिच्छवि राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ ।
यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुने राष्ट्रपति भण्डारीले बताएकी छिन् ।





प्रतिक्रिया