देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर थप १८३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४४ जनामा गरिएको परीक्षणमा  १८३ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १७४४ र एन्टिजेन विधिबाट ९ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल २ हजार ३०७ जनाको पीसीआर र २ हजार ५३७ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ। सोही अवधिमा ६४९ जना निको भएका छन्। यससँगै नेपालका कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ४३८ पुगेको छ।