देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा आगलागी, एकै परिवारका ४ जनाको मृत्यु

देशान्तर

काठमाडौं । ललितपुर उपमहानगरपालिका १२ पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको र आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने बताए ।

चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न गाह्रो परेको थियो ।