देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाइटीका लगाउन निस्किनेको भीडले ट्राफिक जाम

देशान्तर

काठमाडौं – भाइटीका लगाउन जाने मानिसहरू निस्किएसँगै काठमाडौंको यातायात अस्तव्यस्त भएको छ । यमपञ्चकको अन्तिम दिन शनिबार भाइटीका लगाएर तिहार मनाइँदैछ ।

भाइटीका लगाउनका लागि उपत्यकामा भएका तथा उपत्यका भित्र– बाहिर गर्ने मानिसहरू सडकमा निस्किएसँगै मुख्य नाका, चक्रपथ र प्रमुख चोकहरूमा सवारी चाप अत्यधिक बढेको छ ।

कोटेश्वर, बालकुमारी, बानेश्वर, सातदोबाटो, बानेश्वर चावाहिलसँगै भक्तपुरमा समेत सवारी चाप ह्वात्तै बढेपछि ट्राफिक व्यवस्थापन अनियन्त्रित भएको हो ।