काठमाण्डौ– मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।
भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन् । मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बनाउने तीन वटा परम्परागत पर्व छन् ।
साउन पूर्णिमाका दिन दाजुभाइलाई सप्तरङ्गी डोरो बाँधी दिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन भैयादुज र कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म सामाचकेवा पर्व मनाउने गरिएको मिथिलाका प्रसिद्ध साहित्यकार डा। राजेन्द्र विमलले जानकारी दिए ।
पछिल्ला वर्षहरूमा मिथिलाका मूल बासिन्दा र त्यस क्षेत्रमा बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडबाड साझा बन्दै गएका छन् ।





प्रतिक्रिया