
काठमाडौं– प्रत्येक वर्षझैं यस वर्ष पनि राजधानीको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको संख्या उल्लेख्य रहेको छ ।
यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज घरमा दिदीबहिनी नहुने दाजुभाइहरुले बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाउने चलन रहेको छ ।
बालगोपालेश्वरको मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ ।





प्रतिक्रिया