देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

देशान्तर

दाङ । दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् ।

हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ । रासस