देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुवा तास खेल्ने १५ जना पक्राउ

देशान्तर

काठमाण्डौ । भक्तपुरमा जुवा तास खेल्ने १५ जना पक्राउ परेका छन् ।

गएराती भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल पुरी गाउँका मणिराम पुरीको घरमा जुवा तास खेलिरहेका १५ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरूको साथबाट दुई बुक ताससहित १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।