देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

देशान्तर

काठमाडौं – जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनकै सागर लामाको रहेका छन् ।

हिजो साँझ तीन जना साथीसहित घुम्न गएका सागर, कृष्ण लामा र शक्ति गुरुङलाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीको आक्रमणमा परी बेपत्ता भएका सागरको आज बिहान मकवानपुरको मनहरी ६ खयरघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । हात्तीको आक्रमणमा परेका कृष्ण भने सामान्य घाइते भएका छन् ।