देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बसको ठक्करबाट घाइते दुवै जनाको मृत्यु

देशान्तर

सुनसरी – सुनसरीमा बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-८ भण्टाबारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा आइतबार बिहान १० बजे बसको ठक्करबाट त्यही स्थानका मोटरसाइकल चालक ३० वर्षीय अल्ताप मियाँ र पछाडि सवार ३० वर्षीय गियासुदिन मियाँ घाइते भएका थिए ।

घाइते दुवैको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको प्र १-०१-००१ ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र-२-०१-००१ प ०७६३ मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बस चालक झापाको कनकाई नगरपालिका-३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हिरासतमा राखेको छ ।