देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२० लाख रुपैयाँसहित एक युवक पक्राउ

देशान्तर

वीरगञ्ज – वीरगञ्जबाट प्रहरीले अवैध वित्तीय कारोबार गर्ने एक युवकलाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका–५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह हुन् ।

साहको साथबाट नगद २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगञ्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेका साह सवार ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्दा उनको झोलबाट २० लाख रुपैयाँ बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

साहको साथबाट बरामद रकमको स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको भएको खनालले बताए । हुण्डीको रकमसहित पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी खनालले दिए ।