देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ६१२ सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४८४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ।

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ। हाल ११० जना क्वारेन्टाइनमा छन्। १९९ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।