देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर थप ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ५३५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ।

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १८८ जना आइसीयू र ५४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।