देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बारले जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशालाई पत्राचार गर्यो

देशान्तर


काठमाडौं–प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र उनले तोकेको इजलासमा सहभागी नहुन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्टै चिठी पठाएको छ ।

बार महासचिव लीलामणि पौडेलले सबै न्यायाधीशलाई पत्र पठाएको बताएका छन् ।

उनले बारले प्रधानन्यायाधीशमाथि गम्भिर आरोप लगाएर राजीनामा मागेकाले इजलासमा नबस्न र मुद्दाको सुनुवाई नगर्न माग गरेर अनुरोध सहित पत्र पठाएको जनाए ।
सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषीराम घिमिरेका अनुसार, चिठीमा प्रधानन्यायाधीशमाथि आरोप लागेकाले उनले तोकेको इजलासमा संलग्न नभई उनलाईं सअहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको हो । प्रधानन्यायधीश जबरालाई भने चिठी नपठाइएको बार महासचिव पौडेलले बताए । उनले भने, ‘उहाँको राजीनामा माग गरेर हामी आन्दोलित भएका छौं । उहाँलाई किन चिठी चाहियो र