रौतहट । रौतहटमा दुई बालकहरुको विषका कारण मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।
ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो ।
दुई नाबालक छोराको मृत्यु भएपछि परिवारका सदस्यहरु शोकमग्न छन् । दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ ।
प्रहरीले यस घटनालाई घटना शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताए ।





प्रतिक्रिया