देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रयाक्टर चोरेको आरोपमा एक युवक पक्राउ

देशान्तर

पाल्पा – ट्रयाक्टर चोरेको आरोपमा एक जना पक्राउ परेका छन्। झापाको बिर्तामोड नगरपालिका– ९ का २५ वर्षीय राजेश राय क्षेत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

अभियुक्त क्षेत्रीले गत बुधबार गुल्मीको छत्रकोट गाउँपालिका– ४ स्थित राजेश्वरी कण्ट्रक्सन प्रालिको नाममा रहेको लु ४ त ६९८६ नम्बरको न्यू होल्याण्ड ब्राण्डको ट्रयाक्टर चोरेर भागेको प्रहरीले बताएको छ। उनले पाल्पाको तिनाउ गाउँपालिका-४ खारापानीबाट राति साढे १० बजे ट्रयाक्टर चोरेको बताइएको छ। राजेशलाई गत शुक्रबार तनहुँको दमौलीबाट पक्राउ गरिएको त्वातीले बताए।

ट्रयाक्टर चोरी गर्नेलाई पाल्पा ल्याइएको छ। चोरी मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ