देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर थगप ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ।उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। २२५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।