देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असन्तुष्ट समूह मध्येका ५ न्यायाधि छुट्टिए

देशान्तर

 

 

 

 

 

काठमाडौं–प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका ५ न्यायाधिस छुट्टिएका छन् ।

पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेसँगै उनीहरु छुट्टिएका हुन् ।

पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताएका छन् ।

‘हामीले आज स्पष्ट रुपमा तपाईंहरुको छलफलमा भोलिदेखि आउन सक्दैनौं । लामो समयदेखिको यो निर्णयहीनता हाम्रा लागि स्वीकार्य भएन भनेर स्पष्ट रुपमा भनिदियौं’ सर्वोच्च अदालतका पाँच असन्तुष्टमध्ये एक न्यायाधीशले भने, ‘भोलि उहाँहरुसँगको छलफलमा जादैनौं । बन्दी प्रत्यक्षीकरणको निवेदन सुन्छौं ।’

सर्वोच्च अदालतको अर्को स्रोतले पाँच जना न्यायाधीश समूहगत छलफलबाट अलग भएको घोषणाप्रति आश्चर्य प्रकट गरेको छ । ‘उहाँहरु साँझ चार बजेसम्म हामीहरुसँग नै हुनुहुन्थ्यो । भोलि विहान फेरि सबैजना छलफलमा जुट्ने कुरा भएको हो’ स्रोतले भन्यो, ‘सर्वोच्चबाट हिँड्ने क्रममा बाटोमै मनस्थिति बदलिएको भए थाहा भएन । नत्र त भोलि फेरि एकसाथ छलफलमा जुट्ने सहमति भएको हो ।’

असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुगेका न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ छन् ।