देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

देशान्तर

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान सवा चार बजे बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।