देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस

देशान्तर

काठमाडौँ – नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका भएका छन् । गृहमन्त्रालयको बढुवा सिफारिस समितिका अनुसार जनपद प्रहरी समूहतर्फका उनीहरुलाई सोमबारको निर्णय अनुसार बढुवाका लागि सिफारिस गरिएको हो । गृहसचिवका नेतृत्वमा सिफारिस समिति रहेको हुन्छ ।

एसएसपीमा बढुवा सिफारिस हुने प्रहरी अधिकृतमा काठमाडौँ उपत्यका प्रहरी शिक्षालयका विकासराज खनाल, प्रदेश नं १ प्रहरी कार्यालयका सुदिप राजभण्डारी, मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विबेदी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका राजेन्द्रसिंह खड्का छन् ।

यस्तै लुम्बिनी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गणका योगबहादुर पाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका टीकाबहादुर केसी, प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालका ध्रुवराज राउत र काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणका भोलाबहादुर रावलको पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।