देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने

देशान्तर

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भने “मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौको धनमाल नष्ट भएको छ ।”

आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयवासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको र स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेकाले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।