काठमाडौँ । सरकारले महिला हिंसाविरुद्धको १६ दिने अभियानको तयारी सुरु गरेको छ । ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा तय गरेर १६ दिने अभियानको तयारी सुरु गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
महिला हिंसाविरुद्धको अभियानको तयारीबारे महिला मन्त्रालयमा भएको छलफलमा मन्त्री उमा रेग्मीले हिंसा न्यूनीकरण गर्ने अभियानमा गम्भीर भएर लाग्न निर्देशन दिइन् ।
विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विज्ञ, सरोकारवालहरूसँगको छलफलमा मन्त्री रेग्मीले हिंसा न्यूनीकरणमा सबै सङ्घसंस्था गम्भीर भएर लाग्नु पर्ने बताइन् ।
उनले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पु¥याउनु पर्ने बताइन् । ‘हिंसाको सुरुवात घरबाटै हुने गरेको छ,’मन्त्री रेग्मीले भनिन्,‘गाउँ टोलसम्म हिंसाविरुद्धको अभियान पु¥याएर घरबाटै हुने हिंसा अन्त्य गर्न सबै गम्भीर भएर लागौँ ।’





प्रतिक्रिया