काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ।
कक्षा सुरु गर्नका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मंसिर १९ गतेबाट कक्षा संचान हुने प्रतिष्ठानले जनाएको छ।
कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुवात हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तिर्ण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ जनाले पूर्ण छात्रवृत्ति र पाँच जनाले शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए।
प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत संचालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष ९आइसीयू० र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ।
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन्। प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी ९बी फार्मेसी०, सोही तहमा नर्सिङ ९बिडिएस० पनि अध्यापन हुँदैछ। ती दुवै विषयमा २०-२० जना विद्यार्थीले अध्ययन गर्नेछन्।
सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले वि सं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको थियो।





प्रतिक्रिया