देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८६३ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २६० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ। उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७१ हजार ८९२ जनाले खोप लगाएका छन्।