देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज विश्व शौचालय दिवस मनाइँदै

देशान्तर

काठमाडौंं । आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । यस वर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ राखेको छ ।

नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ । अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरुले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो ।