देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चिकित्सकको मृत्यु

देशान्तर

विराटनगर –  मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु र अर्का घाइते भएका छन्।

बिहीवार राति करिब साढे ११ बजे विराटनगरस्थित आयल निगम छेउमा को १ ख ३२४४ नम्बरको मिनी ट्रकले प्र–२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा धनुषाको जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको खड्काले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका पञ्जियारलाई कोशी अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको थियो।

मोटरसाइकलको पछाडि सवार जनकपुर–३ नै घर भएका २८ वर्षीय रामप्रताप साह घाइते भाएका छन्। उनी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका कन्सलटेन्ट फिजिसियन हुन्। नोबेल अस्पतालबाट राति मोटरसाइकलमा फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।